कास्कीका ९ जना बने वरिष्ठ अधिवक्ता
समाधान संवाददाता
२०७९ असार ३१ गते १०:५२

पोखरा ।
कास्कीका ९ जना कानुन व्यवसायीले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्चको बुधबारको पूर्ण बैठकबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा सुरेन्द्र थापा, जगन्नाथ ढकाल, माधवराज बास्तोला, मोहननाथ कोइराला, मुकुन्दराज अर्याल, खगेन्द्रराज आचार्य, विष्णुकुशल भुजेल, जनकबहादुर बोहोरा र दामोदर अधिकारी छन् ।
वरिष्ठ अधिवक्ताको उपाधि पाएका सुरेन्द्र थापाले निरन्तर १५ वर्षदेखि काम गर्दै आएका कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइँदै आएको जानकारी दिए । कानुन क्षेत्रमा योगदान पुर्याएवापत सर्वोच्चले वरिष्ठ अधिवक्ताको प्रमाण पत्र दिने गरेको छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिने गरिन्छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया