मुक्तिनाथ–एससिटी बीच सम्झौता
समाधान संवाददाता
२०७९ असार ३१ गते ११:२४

पोखरा ।
मुक्तिनाथ विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) बीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदानका लागि सम्झौता भएको छ ।
बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिन सम्झौता गरिएको हो ।
स्मार्ट वाइस टेक्नोलोजिज लिमिटेड र बैंकबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकका एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कका अरु जुनसुकै बैंकको एटिएमबाट सित्तैमा रकम निकाल्न सक्ने व्यवस्था गरेको छ ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया