सिक्लेस हाइड्रोपावरको आइपिओ आउँदै

पोखरा ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ लाख १२ हजार ७ सय ९३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लास्थित मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन गर्दै छ । यस कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको निष्काशन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ५ गते हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आवेदकले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
तपाईको प्रतिक्रिया