हेमजामा बाढी पिडितलाई राहत वितरण

समाधान संवाददाता २०७९ असार ३१ गते १७:३९

हेमजा ।
पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका बाढी/पिडीतलाई शुक्रबार राहत वितरण गरिएको छ । असार १० गते बर्षाको कारण हेमजाको सुन्दरपुरी, छहरेटारी र म्याग्दीचोकमा डुवानको साथै पहिरो गएको थियो ।

Advertisement

अबिरल बर्षाको कारण १२ घरमा आंशिक तथा पुर्ण क्षति भएको थियो । क्षतीको प्रकृती हेरेर राहत स्वरूप नगद रु. २५ /१५ हजार गरी कुल रु. २ लाख वितरण गरिएकाे हाे । गण्डकी प्रदेश आन्तरिक तथा मामीला मन्त्री दोवाटे विकले राहत वितरण गरेका हुन् । राहत वितरण गर्दै मन्त्री विक ले राहत छिटो दिन सके पिडकलाइ मलमको काम गर्ने बताए । उनले पुनर्निर्माण गर्न भौतिक मन्त्रालयमा र पशु नोक्सानी भएका मानिसलाई कृषि मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया