सिमसारमा प्लटिङदेखि रेस्टुरेन्टसम्म

अभिषेक अधिकारी
पोखरा ।
लेकसाइडको खहरेबाट पामेतिर सोझिँदा सबैभन्दा सुरुमा आउँछ खपौदी । यहाँ छन् थुप्रै रेस्टुरेन्ट । तीमध्ये सबैजसो फेवातालसँगै जोडिएका छन् । अझै अगाडि बढेपछि प्याराग्लाइडिङ अवतरण गर्ने ठाउँ आउँछ । त्यसको ३ सय मिटर अझै अगाडि पुग्दाताल छेउमै गेग्रान थुपारिएको देखिन्छ । यो ठाउँ सिमसार हो ।
खहरे डाँडामै तालसँग जोडिएका ४ होटल तथारिसोर्ट छन् । भ्युपोइन्ट होटल एन्ड रेस्टुरेन्ट, फेवा बिच होटल एन्ड रेस्टुरेन्ट, क्लिफ् लेक होटलक्याफे एन्ड बार र वाटर फन्ट रिसोर्ट एन्ड बार तालसँगै जोडिएका छन् ।
लेकसाइडको खपौदी आइपुग्दा भने बाटोबाट ताल देख्नै मुस्किल पर्छ । त्यहाँ बनेका होटल, लजका अग्ला भवनले ताल छेकेका छन् । यहाँका रेस्टुरेन्टहरु फेवाताल छेक्नकै लागि बनाइए जस्तो लहरै छन् । पाम बिच, मरिना बिच, सम्य लगायतका रेस्टुरेन्ट यसरी बनाइएका छन् । त्यसको करिब डेढ सय मिटरमा कास्की गोर्खा रेस्टुरेन्ट, दुना टपरी रेस्टुरेन्ट, कोको बिच, साइनो किचन, फिल गुड, फिल ग्रेट, इनर्जी जोन आदि छन् ।
प्यारागलाइडिङ अवतरण गर्ने आसपासमै फेवातालसँगै जोडिएको छ फयर एन्ड फिस रेस्टुरेन्ट । केही किराना पसल रहेका घर पनि तालसँगै नारिएर देखिन्छन् ।फेवाताल छेउछाउमा जताततै तालको मापदण्ड मिचिएका संरचना र सिमसारमा अतिक्रमण देखिन्छ ।
तालसँगैको फाँट र खेत देखिन्छ । यहाँका खेतमा पनि प्लटिङ भइरहेको छ । कतै प्लटिङ भइसकेको छ भने कतै जथाभावी सिमसार पुरेर सडक पु¥याइएको छ । साताअघि सांसद खिमलाल देवकोटाले फेवातालको सिमसार क्षेत्रमा भएको अतिक्रमणबारे सरकारको ध्यानाकर्षण गराए । उनले यसरी ताल मासिनुमा सहरी विकास मन्त्रालयसमेत दोषी रहेको भन्दै रोष पोखेका थिए ।
संसद देवकोटा भन्छन्, ‘कसैको रगत, पसिनाको कमाइ सिमसार क्षेत्रमा परेको प्रमाणि हुन्छ भने क्षतिपूर्ति दिई राज्यले संरक्षण गुर्नपर्छ । इतिहास जोगाउँदै ताललाई फैलन दिने हो कि खुम्चाउने हो ? हर्पन खोला नै छेकेर प्लटिङ गरेको मैलेचाहिँ पहिलो पल्ट देखेको हो ।’ फेवाताल जोगाउन संघीय सरकार र प्रदेश सरकारसँगै थप जिम्मेवार बन्नुपर्नेमा उनको जोड छ ।
पोखरा महानगरपलिकासमेत मुखदर्शक भएको उनको भनाइ छ । संसद देवकोटालेसदनमा समस्या उठाएसँगै पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा देवकोटाको भिडियो सेयर गरेका थिए । मेयर आचार्यले लेखेका छन्,‘ध्यानार्कषण भएको छ माननीयज्यू, छिट्टै आवश्यक कदमअघि बढाउछौं ।’








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया