सुवानीको बाल बगैँचा सार्वजनिक

पोखरा ।
बाल कवि सुवानी पौडेलको कविता संगालो बाल बगैँचा सार्वजनिक भएको छ । शनिबार उनकै जन्मथलो पोखरा १६ कुरेचौरको दिव्यजोति पुस्तकालयमा आयोजित कार्यक्रममा साहित्यकार मोहनप्रसाद पौडेल र बुद्धिसागर आचार्यले संग्रहको विमोचन गरे ।
साहित्यकार पौडेलले कविता लेखन कठिन भए पनि त्यसमा साधना गर्ने व्यक्तिले मात्र समय सापेक्ष कविता लेख्न सक्ने बताए ।
अर्का साहित्यकार आचार्यले सानै उमेरमा साहित्य रचना गर्ने खूबी कम व्यक्तिमा मात्रै हुने बताउँदै कृति उत्कृष्ट रहेको जनाए ।
साहित्यकार रामप्रसाद पौडेल घर्मेलीले बाल सुलभताको प्रशंसा गर्दै कलिलो मानसपटलबाट पनि उत्कृष्ट सिर्जना भएको विचार राखे । कार्यक्रममा भारती भवन माविका प्रधानाध्यापक कृष्णहरि ढकाल, शिक्षासेवी जयराम पौडेल, माधव आचार्य लगायतले बोलेका थिए ।
कवि सुवानीले आफूले समाजमा देखे, भोगेका विषयलाई कवितात्मक रूपमा प्रस्तुत गरेको बताइन् ।
तपाईको प्रतिक्रिया