कालिका माविमा जनप्रतिनिधि सम्मानित
पोखरा ।
कालिका माध्यमिक विद्यालय पोखरा १० रामबाजार ले वडाका जनप्रतिनिधिलाई सम्मान गरेको छ । कार्यक्रममा पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले आफूले लामो समय शिक्षकको रुपमा काम गरेको स्मरण गर्दै वडा र विद्यालयबीच नङ र मासुको सम्बन्ध हुने बताए ।
उनले आगामी दिनमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने घोषणा गरे । विद्यालयका सहायक प्रधानाध्यापक श्रीराम आचार्यले आफ्नो विद्यालयका भूपू शिक्षक वडाध्यक्ष निर्वाचित हुँदा निकै खुसी लागेको बताए । उनले स्कुल र कलेजको भौतिक तथा गुणस्तर अभिवृद्धिका लागि वडा कार्यालयको साथको अपेक्षा गरे ।
कालिका पब्लिक कलेजका क्याम्पस प्रमुख ज्योतिबाबु पौडेलले कालिका मावि र कालिका पब्लिक कलेजले शैक्षिक गुणस्तर निकै फड्को मारेको उल्लेख गरे । उनले सबै अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाको प्रयत्नले यहाँसम्म आइपुगेको बताए ।
कार्यक्रममा विद्यालयका प्रवि इन्चार्ज विजयलक्ष्मी कोइराला र वडा सदस्य नरदेवी गुरुङ, प्रधानाध्यापक बलराम गिरी, सहायक प्रधानाध्यापक वासुदेव अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपकबहादुर थापाले गरेका थिए ।









विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
लेकसाइडका सडकमा बस पार्किङ निषेध
सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया