विपी स्मृति दिवसमा रक्तदान
समाधान संवाददाता
२०७९ साउन १ गते १३:५३

पोखरा ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा रक्तदान आयोजना गरिने भएको छ । नेपाली कांग्रेस कास्कीको सहयोग, क्षेत्रीय समितिहरुको समन्वय र पोखरा महानगर समितिको आयोजनामा साउन ६ गते रक्तदान हुने भएको हो ।
रगतको महत्व महसुस गर्दै कार्यक्रम गर्न लागिएको नेपाली कांग्रेस पोखरा महानगर कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिए । नेपाली कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्र बिजुक्छेले कार्यक्रम सफल बनाउन पोखरा महानगरका कार्यसमिति सदस्य तथा सबै वडा इकाई सभापति र क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।
सम्बन्धित








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया