पोखरा १ मा निशुल्क पाठेघर शिविर

समाधान संवाददाता २०७९ साउन १ गते १६:१६

पोखरा ।
युनाईटेड क्लव पोखराको आयोजनामा निशुल्क पाठेघर शिविर सम्पन्न भएको छ । शनिवार पोखरा महानगरपालिका वडा नम्बर १ कसेरी गैरी गांउ शान्तिटोलमा रत्ना आमा समुहको सहयोगमा महिलालाई लक्षित गरी निशुल्क पाठेघर शिविरको आयोजना गरिएको हो ।

वडा नम्बर १ का अध्यक्ष शाहरा प्रधानले युनाईटेड क्लवले पोखरामा सामाजिक क्षेत्रमा राम्रो काम गरेको वताए । क्लवले स्थापना कालदेखीनै पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदीमा काम गर्दै आइरहेको अवस्थामा हाल आएर आफ्नो वडामा महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गरी पाठेघर चेकजांच शिविरको आयोजना गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि युनाईटेड क्लव संग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता समेत जनाए ।

स्त्री रोग विशेज्ञ डा. रेखा पौडेलले महिलाहरुले आफ्नो स्वास्थ्य प्रति सचेत रहनुपर्ने वताउदै विशेष गरी पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या वढ्दो रुपमा देखिएकाले यसबारेमा विशेष ध्यान दिन दिदी बहिनीहरुलाई आग्रह गरिन् । क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवले आफ्नो सामाजिक काम अन्तर्गत स्वास्थ्यको क्षेत्रमा पोखरा १ कसेरीमा कार्यक्रम गरी महिला दिदिबहिनीहरुलाई उपचार साथै सचेतना प्रदान गर्न पाउदा निकै खुसी लागेको बताइन् ।

Advertisement

रत्ना आमा समुहकी अध्यक्ष माया गिरीले युनाईटेड क्लव पोखराले कसेरी गैरी गाउमा आएर त्यहां भएका दिदी बहिनीहरुको स्वास्थ्य प्रति चासो देखाएकोमा विशेष धन्यवाद ब्यक्त गरिन् । क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य उपसमिति संयोजक तथा कार्य समिति सदस्य जयराम आचार्यले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव शान्त वहादुर थापाले गरेका थिए ।

१ सय ७७ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो । ९८ जनाले एक्सरे गरेका थिए । शिविरमा वरिष्ठ स्त्री रोग विशेज्ञ डा.रेखा पौडेल, रेडियोलोजिष्ट डा. रोशन पंगेनी, डा. श्रीया थापा, डा. बिन्दु पनेरु, डा. सौरभ झा, फर्मेसिस्ट दिनेश सिग्देल, प्राविधिक खेमराज गिरी, प्राविधिक शान्ति देवि पौडेल, प्राविधक दुर्गा अधिकारी बाँस्तोला, नरहरी पनेरु लगाएतले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया