पुतलीबजारमा डालेघाँसका बिरुवा बितरण

स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका सिमान्तकृत र विपन्न महिलालाई डाले घाँसका बिरुवा वितरण गरिएको छ । युएनडिपी र पुतलीबजार नगरपालिकाको साझेदारी एवं आस्क नेपालको सहजीकरणमा अस्थाई आधारभुत आय – टिबिआई प्रयास परियोजना अन्तरगत बाख्रापालन कार्यमा सहभागि भएका ७२ जना कृषकलाई डाले घाँसका बिरुवा वितरण गरिएको हो ।
पालिकाको सहयोगमा बाख्रा पालन व्यवसाय विस्तार गरेका ७२ जनालाई डिभिजन वन कार्यालय स्याङ्जा तथा सब डिभिजन वन कार्यालय पुतलीबजारको सहयोगमा राईखनियो, टाँकी, भट्टमासे, ईपिल ईपिल, कोईरालो लगायतका करिव २३०० बिरुवा बितरण गरिएको आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका कार्यकारी निर्देशक हरीप्रसाद ढकालले जानकारी दिए । यसले बाख्रा पालन व्यवसाय बिस्तार हुँदै गर्दा भविष्यमा आवस्यक पर्ने दिगो र पोषिलो आहारामा सहयोग पुग्ने विश्वास लिएको उनको भनाइ छ ।
२९३ जना विपन्न महिला कृषकहरुलाई बित्तीय तथा उद्यमशिलता साक्षरता, घरभेट र परामर्श, बाख्रा पालन सम्बन्धि प्राबिधिक तालिम, औजार सामाग्री सहयोग साथै छनौटमा परेका २०० जनालाई युएनडिपीबाट प्रति–परिवार २७००० रुपैँया लाभग्राहीको बैंक खातामा उपलब्ध गराईसकिएको छ । पालिकाले २९३ जना विपन्न महिला घरपरिवारको १ बर्षको स्वास्थ्य विमा समेत निशुल्क गरिदिएको छ ।
तपाईको प्रतिक्रिया