एटिएम तोडफोड गर्ने पक्राउ

समाधान संवाददाता २०७९ साउन २ गते १०:५०

पोखरा ।
पोखरा महानगर मुख्यालयको गेटमा गरेको एटिएम मेसिन तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ८ न्युरोडमा कार्यालयको गेटमा रहेको एनआइसी एसिया बैंकको मेसिन फोड्न खोज्ने १ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले रुकुम घर भई अहिले पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुनमगर पक्राउ परेको जानकारी दिए । पुनमगरले शुक्रबार एटिएम तोडफोड गर्ने प्रयास गरेका थिए । उनलाई कास्की अदालतबाट ५ दिन म्याद थप गरी चोरी उद्योग मुद्दामा अनुसन्धान भइरहेको खड्काले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया