पातञ्जल योग समितिको दीक्षान्त

समाधान संवाददाता २०७९ साउन २ गते ११:३१

पोखरा ।
पातञ्जल योग समिति नेपालको दीक्षान्त समारोह भएको छ । शनिबार पोखरामा भएको समारोहमा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले योगबाट नै समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले छोटो समयमा समितिले समाजमा आफूलाई अब्बल साबित गर्दै लगेको बताए ।

Advertisement

‘योग जीवनको दर्शन हो । योगले व्यक्तिलाई सबल बनाउँछ । समाजमा योगको महत्वलाई बुझाउन सकिए सामाजिक, आर्थिक रुपमा परिवर्तन ल्याउन सकिन्छ’, उनले भने । योगमार्फत स्वस्थ प्रदेश बनाउने हेतुले गण्डकी सरकार लागिपरेको भनाइ उनको छ । कार्यक्रममा ब्रह्माचारी शोभाले मानव जीवन सृष्टिको श्रृंगार भएको र मानव जीवनमा सद्गुण फैलाउन योगको महत्व खास रहेको बताइन् । उनले शारीरिक र मानसिक योगले जीवन स्वस्थ रहने बताइन् ।

पातञ्जल योग समिति केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले योगबाट राजनीतिक र सामाजिक रुपमा सकरात्मक परिवर्तन ल्याउन सकिने दाबी गरे । समिति गण्डकी प्रदेश सल्लाहकार रवीन्द्र माकाजुले योगलाई राज्यस्तरबाट पनि समाज समाजमा प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिए । समिति गण्डकी प्रदेश अध्यक्ष रश्मि भण्डरीले योगबाट समाजमा सकरात्मक सन्देश प्रवाह गर्न आफूहरु लागिपरेको बताइन् । कार्यक्रममा कास्की जिल्ला समिति र पोखरा महानगर समितिलाई पूर्णता दिइएको छ ।

Advertisement

योगको तालिम लिएकालाई दीक्षान्त गरिएको कार्यक्रममा पायोस नेपाल प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष नवराज काफ्ले, उपाध्यक्ष कमला गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पायोस गण्डकी प्रदेशका सचिव सपना गुरुङले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया