लेखनाथ खानेपानीलाई मुक्तिनाथ बैंकको साथ

समाधान संवाददाता २०७९ साउन २ गते १३:००

पोखरा ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग गरेको छ । बैंकले पोखरा ३०, खुदी, ढुङ्गेपाटन स्थित संस्थालाई आवश्यक पर्ने ५ हजार लिटरको पोलिथिक टंकीका खरिदका लागि ५५ हजार ६९ रुपैयाँ प्रदान गरेको हो ।

Advertisement

बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख शंकर केसीले सहयोगबाट नागरिकलाई शुद्ध पिउने पानीका लागि सहयोग पुग्ने बताए । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कका जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया