सार्वजनिक शौचालय बनाउन होटल, रेस्टुरेन्ट र बैंक लगायतलाई पोखराको आह्वान

समाधान संवाददाता २०७९ साउन २ गते १४:५४

पोखरा ।
पोखरा महानगरपालिकाले आफ्नो शौचालय सार्वजनिक बनाउन चाहेका निजी क्षेत्रलाई महानगरको कार्यालयमा सम्पर्क राख्न सूचना प्रकाशित गरेको छ । संस्था वा व्यक्तिगत विवरण सहित साउन मसान्त भित्र सम्पर्क राख्न सूचनामा उल्लेख गरिएको छ ।
सार्वजनिक शौचालयका रुपमा दिने संस्था तथा व्यक्तिलाई महानगरबाट उपलब्ध गराइने सेवा सुविधामा प्राथमिकता दिईने महानगरले बताएको छ । शौचालयमा आवश्वक पर्ने सफाइका समान, स्यानिटरी प्याड, शौचालय पहिचानका लागि लोगो पनि उपलब्ध गराउने जानकारि दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया