काठमाडाैं जिल्ला अदालत बारकाे अध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित

समाधान संवाददाता २०७९ साउन २ गते १६:४०

काठमाडौं ।
काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल एक हजार २ सय ५२ मत खसेकोमा पौडेलले नौ सय ६४ मत ल्याएका हुन् ।

Advertisement

लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार भएको निर्वाचनमा सदस्य पदमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दिपककुमार साह निर्वाचित भए । योसँगै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनमा डीएलएका तर्फबाट १९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया