चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विभिन्न १३ वटा निर्णय गर्दै सोमबार सकिएको छ । बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्नेसम्मको निर्णय गरेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । त्यसका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
कांग्रेसले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य लिएको छ । काँग्रेसले स्थानीय निर्वाचनमा भएको गठबन्धन सफल भएको पनि निष्कर्ष निकालेको छ । बैठकले गठबन्धन भएर प्राप्त भएको मतप्रति सन्तोष प्रकट गरेको प्रवक्ता महतले जानकारी दिए ।
कांग्रेसले अनुशासन समिति, लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ । महतले बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया