स्थानीय तह
मुस्ताङका १२९ जनप्रतिनिधिले सेवा सुविधा वापतको रकम बुझे

जोमसोम–स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित मुस्ताङका १२९ जना नयाँ जनप्रतिनिधिहरुले आफुले पाउँने सेवा सुविधा वापतको तलब रकम बुझेका छन् ।जिल्लाको लोमान्थाङमा २४ जना ,लोघेकर दामोदरकुण्डमा २४ जना,वारागुङ मुक्तिक्षेत्रमा २७ जना,घरपझोङमा २६ जना र थासाङ गाउँपालिका २८ जना जनप्रतिनिधिले सेवा सुविधा वापतको २ महिनाको तलब भत्ता बैंक मार्फत जम्मा भएको सम्वन्धित स्थानीय तहले बताएका छन् ।
लोमान्थाङमा २४ जना जनप्रतिनिधिलाई करिव २ महिनाको सेवा सुविधा वापतको तलब भत्ता करिव ७ लाख ८५ हजार रकम बैंकमा जम्मा भएको लेखापाल उज्वल चपाईले जानकारी दिए ।लोघेकर दामोदरकुण्डमा पनि लोमान्थाङ जस्तै २४ जना जनप्रतिनिधिले करिव ७ लाख ८५ हजार रकम बुझेको लेखा अधिकृत सन्तोष विकले बताए ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २७ जना जनप्रतिनिधिले करिव ८ लाख ५७ हजार सेवा सुविधा वापतको रकम बुझाईएको लेखापाल अमृतप्रसाद रेग्मीले जानकारी दिए ।
यस्तै, घरपझोङ गाउँपालिकामा पनि २६ जना जनप्रतिनिधिले करिव ८ लाख ३३ हजार रकम सेवा सुविधा वापत पाउने बैंकमा जम्मा भएको लेखापाल आशिष भण्डारीले जानकारी दिए । जिल्लाको थासाङ गाउँपालिकामा २८ जना जनप्रतिनिधिले करिव दुई महिनाको सेवा सुविधा वापतको रकम ७ लाख ८५ हजार बैंकमा जम्मा भएको लेखापाल सकुन्तला अधिकारीले जानकारी दिईन् ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ साल असार २६ गते पारित गरेको प्रदेश राजपत्रमा प्रकाशित गाउँसभा÷नगरसभा र जिसस सदस्यले विभिन्न शिर्षकको सेवा सुविधा सम्वन्धि बनेको ऐन बमोजिम मुस्ताङका सबै जनप्रतिनिधिले सेवा÷सुविधा वापत पाउँने रकम बुझेका हुन् ।
जसअन्तर्गत स्थानीय तहको अध्यक्षले विभिन्न शिर्षकमा मासिक ४८ हजार,उपाध्यक्षले ४३ हजार,वडाध्यक्षले १९ हजार ५ सय र सदस्यले मासिक १२ रुपैया पाउँछन् । उनीहरुलाई यातायात सुविधा,पत्रपत्रिका र ईन्टरनेट, टेलिफोन तथा मोवाईल रिचार्ज,अतिथि सत्कार,अनुगमन ,समन्वय र सहजीकरण सुविधा लगायतमा उक्त रकम पाउँने गर्छन् ।
तपाईको प्रतिक्रिया