निगमले तिर्यो १७ अर्ब: साढे १४ अर्ब अझै बाँकी

काठमाडौं ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन्स (आईओसी)को बक्यौता रकम घटाएको छ । मंगलबार दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।
‘आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । बिहीबार १६ अर्ब ८० करोड बुझाएका छौं,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले भने, ‘अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।’ निगमले सरकारसँगै ऋण लिएर आईओसीलाई बक्यौता बुझाएको हो । जसले गर्दा निगमको दायित्व घटेको नभई स्थानान्तरणमात्रै भएको छ ।
निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आइओसीलाई भुक्तानी गरिएको निगमले जनाएको छ । सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा निगमलाई केही राहत मिले पनि पुरानो बक्यौताका कारण आर्थिक अवस्था सुधार हुन सकेको छैन । आईओसीले ४ दिनअघि मात्रै पठाएको मूल्य अनुसार प्रतिलिटर पेट्रोल १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । तर सरकारले कर समायोजन नगरिदिँदा सर्वसाधारणले घटेको मूल्यमा इन्धन पाउन सकेनन् । आईओसीबाट मूल्य घटेर आएपनि भुक्तानी गर्नुपर्ने रकम पूर्ण रुपमा चुक्ता नभएसम्म मूल्य यथावत राख्ने निगमले जनाएको छ ।








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया