जाल्पादेवी महिला उद्धार समूहकाे वार्षिकोत्सवमा २ सयको दाँत जाँच

समाधान संवाददाता २०७९ साउन ४ गते १२:२०

पोखरा ।
जाल्पादेवी महिला उद्धार समूह पोखरा ८ को २५ औं वार्षिकोत्सवको अवसरमा त्रिदिवशीय कार्यक्रम अन्र्तगत पहिलो दिन कान्तिपुर डेन्टल हस्पिटलको सहकार्यमा निशुल्क दन्त परीक्षणसहित सचेतना कार्यक्रम भएको छ । स्थानीय महिलालाई स्वास्थ्यबारे सचेत गराउने उद्देश्यले आयोजित कार्यक्रमा २ सयभन्दा बढीको परीक्षण गरिएको समूहका अध्यक्ष राधिका थापाले बताइन् । समूहले यो वर्ष रजत वर्षको मठमन्दिर संक्षण, संस्कृतिक अभियान, विद्यालयमा सहयोग जस्ता कार्यक्रम गर्न लागेको संयोजक दीपा पौडेलले बताइन् ।

Advertisement

समूहलाई बाद्य सामग्री वितरण गर्दै पोखरा ८ का वार्डध्यक्ष रुद्रनाथ बरालले स्थानीय समूह, संघ, संस्थाको सकरात्मक भूमिकाले वार्डको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । कार्यक्रममा सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, कान्तिपुर डेन्टलका प्रमुख निश्चल छिमाल, उपाध्यक्ष दुर्गा अधिकारी, सचिव अमृता गिरी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया