श्रीलंकाकाे राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
समाधान संवाददाता
२०७९ साउन ४ गते १३:१५

पाेखरा ।
चरम आर्थिक संकटमा परेकाे श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। श्रीलंकाबाट भाग्न बाध्य भएका प्रत्यक्ष निर्बाचित राष्ट्रपति गाेटाया राजापाक्षे कै पार्टीकाे सर्मथनमा उनी राष्ट्रपतिमा निर्बाचित भएका हुन् ।
बुधबार संसदमा भएको चुनावमा दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ। विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।
सरकार विरुद्धकाे आन्दाेलनमा सडकमा उत्रिएकाहरुले विक्रमासिंघेलाई राष्ट्रपति चाहेका छैनन् । तर वैधानिक संसदले पूर्वराष्ट्रपतिले नै प्रधानमन्त्री नियुक्त गरेका उनलाई राष्ट्रपति बनाएपछि श्रीलंकाकाे आन्दाेलन के हाेला भन्ने अन्याैलता कायमै रहेकाे छ ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया