लेखनाथमा बैंकको एटिएमबाट १५ लाख चोरी

समाधान संवाददाता २०७९ साउन ५ गते १२:३९

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोरेर पैसा चोरी भएको छ ।
डाँडाकोनाक प्रहरीचौकीबाट करिब ५ सय मिटरमा पृथ्वी राजमार्गमा रहेको बैंकको एटिएम मेसिन मंगलबार राति २ बजेतिर तोडफोड भएको हो । एटिएमबाट अज्ञात व्यक्तिले करिबब १५ लाख रुपियाँ लगेका छन् ।

बैंकको सिसि टिभी फुटेजमा एटिएम कोठामा पसेर १५/२० मिनेटमा सामान्य तरिकाले लक खोलेर त्यहाँ रहका २ पैसाका बक्स निकालेर लगेको देखिएको छ । पैसाको बाकास अर्घौचोकपछाडिको विचारी चौतारीमा छाडी पैसा निकालेर लगिएको प्रहरीले जनाएको छ । बैंकले सोमवार दिउँसोमात्र १७ लाख रुपैयाँ एटिएममा राखेको थियो । केही रकम ग्राहकले निकाले पनि बाँकी १५ लाख चोरी भएको बैंकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया