अर्घाैं अर्चलेमा वृक्षरोपण
समाधान संवाददाता
२०७९ साउन ५ गते १३:११

लेखनाथ ।
लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटी, लायन्स क्लब अफ लेखनाथ लेकसिटी र लियो क्लब अफ लेखनाथ लेकसिटीको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको छ । कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थल अर्घौ अर्चले पार्कमा विरुवा रोपिएको हो । कार्यक्रमका सहभागीले अघिल्लो वर्ष लगाएका विरुवा गोडमेलसमेत गरे । लायन्स क्लब जिएसटी वृक्षरोपण संयोजक शोभा खत्रीले विरुवा लगाउनुमात्र ठुलो कुरा नभई लगाइएका विरुवा संरक्षण र त्यसबाट आयआर्जन गर्न सक्नुपर्ने धारणा राखिन् ।
लायन्स लेखनाथ सेभेन लेकसिटी अध्यक्ष गोविन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका वृक्षारोपण संयोजक सन्तोषकुमार श्रेष्ठ ,जोन चियर प्रसन नगेन्द्रराज बराल र गणेसप्रसाद ढुंगाना, क्लबका सचिव सुन्दरमणि लामिछाने लगायतले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया