अन्नपूर्ण केबलकारमा मनसुन अफर

समाधान संवाददाता २०७९ साउन ६ गते ११:०३

पोखरा ।
पोखरास्थित अन्नपूर्ण केबलकार नियमित मर्मत तथा सम्भारपश्चात पूर्व निर्धारित समयभन्दा १ दिन अगाडि साउन ६ देखि सञ्चालनमा आउने भएको छ ।

केबुलकारले सम्पूर्ण नेपाली ग्राहकलाई लागि साउन ६ देखि भदौ ३१ गतेसम्म २० प्रतिशत छुट दिने भएको छ । पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाइड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढेर सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्म पैदल यात्रा गर्न सकिन्छ ।

अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका शृंखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुविधा सम्पन्न रेस्टुरेन्ट सेवा, कफी सप, जिप फ्लायएर, सुइङ, स्काइ साइक्लिङको समेत यहाँ अनुभव लिन सकिन्छ ।
केबुलकारबाट पोखरा सहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्य देखिन्छन् । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप १ दिनको गन्तव्य बनेको छ ।

Advertisement

यात्रुका सुविधाको लागि लेकसाइडदेखि केवलकारको तल्लो स्टेसनमा सटल बसको व्यवस्था छ । केवलकार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया