७ अर्बको आइपिओ बिक्री, त्यतिकै आपिओ आउँदै

समाधान संवाददाता २०७९ साउन ६ गते ११:१५

काठमाडौं ।
पछिल्ला दिनमा सेयर बजार क्रमशः विस्तार हुँदै गएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धि लगायतका कारणले पनि बजार विस्तार भएको हो । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण सेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २ सय ५१ हितग्राही खाता खुलेका छन् । ४३ लाख ६८ हजार ६ सय ३९ मेरो सेयरका अकान्ट छन् ।

Advertisement

८ अर्ब ५८ करोड ४३ लाख ५८ हजार ६ सय ६९ कित्ता सेयर अभौतिकीकरण भएको छ । ३५ वटा म्युचुअल फन्ड र ५९ वटा बन्ड र डिबेञ्चर पनि सूचीकृत भएका छन् ।

धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/७९ मा मात्रै ७ अर्ब २० करोडभन्दा बढीको साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न स्वीकृत दिएको छ । यसबाट पनि नेपालको सेयर बजार विस्तार भएर गएको देखिन्छ । बोर्डले ७ करोड २० लाख ३६ हजार ४ सय २५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्रीका लागि स्वीकृत दिएको पाइएको छ ।

सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी
बोर्डका अनुसार सो आवमा २८ कम्पनीले सेयर बिक्रीका लागि अनुमति पाएकामा सबैभन्दा धेरै जलविद्युत् समूहका छन् । सेयर निष्कासनको अनुमति पाउनेमा १९ जलविद्युत् कम्पनी छन् । आर्थिक वर्ष २०७८/७९ को पहिलो अनुमति गत वर्षको साउन ११ गते न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई शेयर बिक्रीका लागि अनुमति पारएको थियो । कम्पनीले ४० लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो ।

यस अवधिमा साहस ऊर्जाले १ सय अंकित मूल्यका १ करोड ५ लाख कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ लाख कित्ता, बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, ग्रीन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता, रिभरफल्स पावरको ३४ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएका थिए ।

Advertisement

सर्वसाधारण र आयोजनाले प्रभाव पार्ने क्षेत्रका स्थानीय बासिन्दाका लागि ती कम्पनीले सेयर बिक्रीसमेत गरिसकेका छन् । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ लाख कित्ता, दोर्दी खोला जलविद्युत् कम्पनीको २९ लाख ५१ हजार ९ सय २९ कित्ता, हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ लाख सात हजार ५ सय कित्ता, अप्पर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता, राप्ती हाइड्रोको २९ लाख ४१ हजार ४ सय १० कित्ता शेयर बिक्री गर्न अनुमति पाएका थिए ।

बोर्डले श्वेत गंगा हाइड्रोपावरको ३९ लाख ८२ हजार ५ सय कित्ता, सयपत्री हाइड्रोपावरको ९ लाख कित्ता, मन्दाकिनी हाइड्रोपावरको १७ लाख ६४ हजार १ सय १० कित्ता, पिपल्स पावरको ३१ लाख कित्ता, रसुवागडी हाइड्रोपावर(सर्वसाधारणका लागि)को ६८ लाख ४२ हजार १ सय कित्ता, सान्जेन जलविद्युत् कम्पनी (सर्वसाधारणका लागि)को ३६ लाख ५ हजार, सिक्लेस हाइड्रोपावरको २० लाख कित्ता सेयर बिक्रीका लागि अनुमति दिएको थियो ।

त्यसमा अधिकांश कम्पनीले सेयर निष्कासन तथा बिक्री गरिसकेका छन् भने केही कम्पनी शेयर बिक्रीका लागि आह्वान गर्ने क्रममा छन् । गत आवमा लगानी समूहबाट इमर्जिङ नेपाल लिमिटेडले मात्र सेयर बिक्रीका लागि अनुमति पाएको छ । इमर्जिङले १ सय अङ्कित मूल्यमा ५ लाख ५५ हजार ६ सय कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले सेयर सर्वसाधारणलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ ।

गत आवमा २८ कम्पनीमध्ये ८ लघुवित्त कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएको बोर्डले जनाएको छ । जसमा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता, उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ३६ हजार २ सय ५० कित्ता, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३ लाख ९५ हजार ३ सय ३६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएका थिए ।

बोर्डका अनुसार ७ अर्ब १० करोडभन्दा बढी रकमका सेयर निष्कासनको अनुमतिको प्रतीक्षामा छन् । जसमा दुई कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर बिक्री गर्न पाउँ भन्दै बोर्डसमक्ष माग गरेका छन् । सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

तपाईको प्रतिक्रिया