महानगरमा अपांग परिचयपत्र वितरण सुरु

समाधान संवाददाता २०७९ साउन ६ गते ११:१९

पोखरा ।
पोखरा महानगरपालिकामा ३ महिनादेखि स्थगित अपांग परिचयपत्र वितरण सुरु भएको छ । स्थानीय तह निर्वाचनसँगै स्थगित परिचयपत्र वितरण बिहीबारदेखि सुरु भएको हो । बैशाखयता महानगरमा अपांग परिचयपत्र वितरण रोकिएको थियो ।
अपांग परिचयपत्र वितरण समन्वय समितिको संयोजक उपप्रमुख हुने र अन्य सदस्य मेयरले तोक्ने प्रावधान छ । परियपत्र वितरण समन्वय समितिले पूर्णता पाएसंगै बिहिबारदेखि परिचयपत्र वितरण सुरु भएको हो ।

Advertisement

समितिको संयोजकमा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र सदस्यमा कार्यपालिका सदस्य धनकुमारी पोखरेल, शान्ति उदय मावि पोखरा ३३ का प्रधानाध्यापक नारायण गिरी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. समीक्षा खत्री, अपांगता वडा सञ्जाल वडा नम्वर ८ का अध्यक्ष विष्णु सिग्देल र जीवन पद्धति नेपाल पोखरा १५ का अध्यक्ष अञ्जना केसी छन् । समितिको सदस्य सचिव पोखरामा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा छिन् ।

उपप्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति रहन्छ । १सदस्य मनोनित गर्न छ । समितिको पहिलो बैठकले ३ महिनादेखि परिचयपत्र मागका लागि परेका निवेदन धेरै भएकाले शुक्रबार पनि वितरण गरिने छ । परिचयपत्र वितरण अब हरेक महिनाको अन्तिम मंगलबार वितरण गर्ने महाशाखाले जनाएको छ । महानगरपालिका लेखा समितिको पहिलो बैठक बिहीबार भएको छ ।

बैठकमा उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरका आर्थिक गतिविधिलाई व्यवस्थित बनाउँदै सुधारका लागि समितिले काम गर्नुुपर्नेमा जोड दिइन् । उहाँले महानगरबाट हुने विकास निर्माण, भुक्तानीका विषयमा समितिले अध्ययन गर्ने र कमीकमजोरीलाई औल्याउँदै सच्याउने काममा समिति लाग्ने विश्वास व्यक्त गरिन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले लेखा समितिले विकास निर्माण, आर्थिक लगायत महानगरका गतिविधिमा सुक्षम अध्ययन गरेर अनियमितता रोक्न पहल गर्न सक्ने बताए । समितिले सार्वजनिक रुपमा उठेका विषयमा समेत सम्बन्धित व्यक्तिलाई बैठकमा बोलाएर जानकारी लिन सक्ने र गल्ती सुधारका लागि प्रयास गर्न सक्ने भएकाले यसको महत्वपूर्ण जिम्मेवारी रहने बताए ।

Advertisement

पोखरा महानगरको गत असार २६ गते बसेको ११ औं नगरसभाले नग रसदस्य झपट रानाभाटको संयोजकत्वमा समिति गठन गरेको थियो । समिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा छन् ।

तपाईको प्रतिक्रिया