मुक्तिनाथ बैंकलाई कर्पोरेट बिजनेस एसिक्लेन्सी अवार्ड

समाधान संवाददाता २०७९ साउन ६ गते १२:४६

पोखरा ।
कर्पोरेट म्यागजिनद्वारा आयोजित कर्पोरेट बिजनेस एसिक्लेन्सी अवार्ड २०२२ बाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । मंगलबार भएको कार्यक्रममा मुक्तिनाथ विकास बैंक उत्कृष्ट विकास बैंकको वर्गमा पुरस्कृत भएको हो ।

Advertisement

अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरे । साथैं उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीलाई अझै राम्रो सेवा प्रदान गर्ने ऊर्जा मिल्ने बैंकले विश्वास लिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्य प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कका जुनसुकै बैंकका एटिएमबा सित्तैमा रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया