‘यौनिक तथा लैंगिक अल्पसंख्यकले पहिचान सहितको नागरिकता पाउनुपर्छ’
समाधान संवाददाता
२०७९ साउन ६ गते १७:१६
पोखरा ।
प्रतिनिधि सभामा नेपाली नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावर छलफलमा आफ्नाे भनाइ राख्दै सांसद विद्या भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यकले पहिचान सहितको नागरिकता पाउनु पर्ने बताइन् । व्यक्ति भनेको सार्वभौम हुन्छ, राज्यले उसको सार्वभौमिकताको पहिचान गर्ने व्याख्या गर्ने हक दिनुपर्ने भट्टराईको भनाइ छ ।
मातृत्वको आधारमा नेपाली आमा, विदेशी बाबुका छोराछोरीले सुश्चित रुपमा सहज तरिकाले अंगिकृत नागरिकता पाउनुपर्ने उनले बताइन् । बैबाहिक अंगिकृत नागरिकताको हकमा अन्तराष्ट्रिय प्रचलनलाई आत्मसात गर्नुपर्ने उल्लेख गरिन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया