गरिबी निवारणको बजेट बैठक भत्ता र खाजामा खर्च
समाधान संवाददाता
२०७९ साउन ६ गते २१:२९

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रममा आएको बजेट बैठक खर्च र खाजा खर्चमा खर्च गरेको पाइएको छ । गाउँपालिकाले उक्त आव ०७७/७८ मा लघुउद्यम विकास कार्यक्रममा २ लाख ५२ हजार १७७ खर्च गरेको छ ।
उद्यमीहरुलाई तालिम सञ्चालन गर्नुपर्नेमा बैठक भत्तामा १ लाख ८७ हजार ५०० र विविध खाजा खर्चमा ६४ हजार ६७० भुक्तानी भएको छ । २०७७/७८ मा अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर थिए ।
गाउँपालिकाले कार्यक्रमको उद्देश्य विपरीत खर्च गरेको पाइएको हो । महालेखा परीक्षकले तालिम सञ्चालन गर्नुपर्ने बजेटले बैठक भत्ता र खाजा खर्च गर्नु उचित नभएको जनाएको छ । यस्ता प्रकारको खर्च नियन्त्रण गरी कार्यक्रमको उद्देश्य अनुसार कार्यक्रम गरिनुपर्नेमा महालेखाले जोड दिएको छ र
सम्बन्धित







लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया