स्पोर्टस् अवार्डको निरन्तरतामा जोड

समाधान संवाददाता २०७९ साउन ८ गते ११:३२

पोखरा ।
कास्कीको धम्पुसमा शुक्रबार छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समीक्षा गरिएको छ । कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्रान्ड बनिसकेको अवार्डलाई ब्रान्डको पनि ब्रान्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्डको निरन्तरतामा भने चुनौती रहेको उनीहरुको भनाइ छ ।

Advertisement

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिए पनि कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताए । आगामी दिनका कार्यक्रमलाई भव्य बनाउन मञ्चमा आवद्ध सम्पूर्ण सदस्यमा एकताको भावना हुनुपर्नेमा उनको जोड छ ।

मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले अवार्ड सम्पन्न गर्न अब सजिलो हुँदै गएको दावी गरे । मञ्चले गर्ने कार्यक्रम प्रदेशका सबै पालिकामा पु¥याउन सके आर्थिक रुपमा मञ्चलाई सजिलो हुने उनको सुझाव छ । मञ्चका सल्लाहकार रञ्जन अधिकारीले अवार्ड थप आर्कषक बनाउन पर्याप्त तयारी हुनुपर्ने विचार राखे ।

Advertisement

खेलाडी छनोट समितिका सहसंयोजक तथा अवार्ड कार्यक्रमका संस्थापक सन्देश श्रेष्ठले छोटो समयमा पनि उत्कृष्ट कार्यक्रमसहित अवार्ड भएकोमा खुसी व्यक्त गरे । बजेटको सुनिश्चितता नहुँदा समस्या भए पनि आगामी वर्ष सहज हुने उनको विश्वास छ । नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदीले बिटगत पत्रकारितामा खेलकुद पत्रकार मञ्च गण्डकी गौरव गर्न लायक संस्था भएको बताए । मञ्चले गरेका राम्रो कामको सिको अरु संस्थाले पनि गर्नुपर्ने उनले जनाए ।

नेपाल पत्रकार महासंघ कास्की सचिव माधव बरालले उद्देश्य अनुसार नै अवार्ड कार्यक्रम अगाडि बढिरहेको बताए । कार्यक्रम गर्दा केही कमी, कमजोरी हुने भएकाले त्यस्ता कमजोरी सुर्धादै जानुपर्नेमा उनको जोड छ । मञ्च अध्यक्ष दीननाथ बरालले बजेटको सुनिश्चितता नहुँदा नहुँदै पनि कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भएको बताए । यति हुँदाहुँदै पनि सबैको साथ सर्पोटका कारण अवार्ड कार्यक्रम सफल भएको उनको भनाइ छ ।

Advertisement

यो वर्ष विभिन्न कारणले असार मसान्तमा अवार्ड कार्यक्रम सम्पन्न गर्नुपरे पनि आगामी वर्षको सातौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड भने वैशाख महिनामा आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए । समीक्षा कार्यक्रममा प्राप्त सुझावलाई ध्यान दिएर आगामी कार्यक्रमलाई थप परिमार्जित, परिस्कृत गरिने उनले जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशिकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, कार्यसमिति सदस्यहरु राजु गिरी, नारायण शाही, दीपकराज मुल्मी, पत्रकारहरु दीपक परियार, गणेश बराल, रोशन अधिकारी, गौरव त्रिपाठी, रोहितराज पराजुली, दीपक गोदार, ईन्द्र पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया