डिजिटल मार्केटिङ सिकाइयो

पोखरा ।
व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचारप्रसार, बजारिकरण निकै महत्वपूर्ण हुन्छ । अहिलेको बजारमा डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै पोखरामा शनिबार युनाइट्स नेपालले डिजिटल मार्केटिङ कार्यशाला आयोजना गरेको छ ।
कार्यक्रममा आभास अधिकारी र प्रतिमा भट्टले सहजीकरण गरेका थिए । उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे । व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा प्रशिक्षण दिइएको छ ।
युनाइट्स नेपालका अध्यक्ष खुसल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ५५ जना सहभागी थिए । क्यान महासंघ सचिव जगन गुरुङले यस खालका कार्यक्रमले युग सुहाउँदो जनशक्ति उत्पादन, आयआर्जन र समृद्धिका लागि सघाउने बताए । युनाइट्स नेपालका गण्डकी अध्यक्ष सुनिल पाण्डेले यो क्षेत्रमा डिजिटल माध्यमबाट व्यक्तित्व विकास गर्न चाहनेहरुलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बताए । कार्यक्रममा युनाइट्स नेपालका कार्यक्रम संयोजक आलोक मल्लले पनि बोलेका थिए ।








विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया