हुलाक टिकटले सभ्यता जोगाएको छः मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताएका छन् । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘हुलाक टिकटमार्फत देशको सभ्यता जोगिएको छ । कला, संस्कृतिको संरक्षण गर्दै एतिहासिक महत्वका विषयवस्तुलाई टिकटमार्फत झल्काउनु महत्वपूर्ण काम हो,’ उनले भने । मन्त्री थापाले हुलाक टिकट संग्रहले गरी पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । देश विदेशका विभिन्न टिकटलाई संकलन गरी त्यसको महत्व दर्शिने गरी संग्राहलयको निर्माण गर्नुपर्ने र पर्यटक आकर्षणको नयाँ गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।
पश्चिमाञ्चल फिलाटेलिक समाजले गरेका कामप्रति गण्डकी सरकारसमेत साथमा रहने प्रतिबद्धता जनाए । प्राडा यामबहादुर पौडेलले सोसाइटीले विश्वभरको सभ्यतालाई संरक्षण गर्ने दायित्वका साथ अगाडि बढिरहेको देख्दा खुसी लागेको बताए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले हुलाकका टिकटले देश बोकिरहेको विचार राखे । डा. कुश्माकर न्यौपानेले सत्कर्म गरेर जीउनु नै मानवीय धर्म भएको उल्लेख गर्दै तिरस्कार गरिएका चीजलाई जोगाउने कार्य महत्वपूर्ण भएको जनाए ।
क्षेत्रीय हुलाक निर्देशनालयकी साधना श्रेष्ठले टिकटले सामाजिक, सांस्कृति, प्राकृतिक गतिविधिलाई सजीव राख्ने उल्लेख गरिन् । प्राडा ईन्द्रप्रसाद तिवारीले हुलाकका टिकट देशको पहिचान हुने बताए । सोसाइटीका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तुलसीराम खड्काले देश तथा विदेशमा छापिएका टिकटको विषयमा जानकारी गराएका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया