दुर्गम गाउँमा घुम्ती सेवा दिँदै अर्जुन चौपारी गाउँपालिका
स्याङजा ।
अर्जुन चौपारी गाउँपालिकाले घुम्ती वडा कार्यालय सुरुवात गरेको छ । राज्य पुनर्संरचनाका क्रममा वडा कार्यालयबाट टाढा रहेका गाउँमा वडाको सेवा पुर्याउने उदेश्यले घुम्ती वडा कार्यालय थालिएको हो । पालिकाको पहलमा वडा नम्बर ३ ले वडा कार्यालयबाट टाढा रहेको आग्रीखर्कमा घुम्ती वडा कार्यालय चलाइएको छ ।
वडा कार्यालय सिमलचौरबाट सबैभन्दा टाढा अर्थात सवारीसाधनबाट डेढ घण्टामा पुगिने आग्रीखर्क पर्वतको महाशिलासँग जोडिएको गाउँ हो । वडा नम्बर ३ ले आग्रीखर्कका ५ वर्षभन्दा पहिलाबाट मोलपोत कर नदिएका ४९ घरधुरीमा मालपोत सेवा दिएको हो । वडाले पहिलो चरणमा मालपोत कर गाउँमा पुगेर लिएको बताउँदै वडाध्यक्ष शोभाकान्त काफ्लेले अब जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता दस्ता सेवा महिना महिनामा पुगेर दिइने बताए ।
पालिका अध्यक्ष प्रकाश तिवारीले अब सेवाबाट टाढा रहेका टोल टोलमा पुगेर सेवा दिने बताए । ६ वटा वटा रहेको पालिकाका दुर्गम आग्रीखर्क जस्तै राम्चे, निबुवाबोट, सिर्घु, दारेगौडा जस्ता टोलमा पुगेर हरेक महिना अत्यावश्यक सेवा दिइने पालिकाले जनाएको छ ।







एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया