पोखरामा रातभरी पब्जी खेलेपछि आत्महत्या

समाधान संवाददाता २०७९ साउन ८ गते १२:५१

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक जना झुन्डिएको अवस्थामा फेला परेको छ ।

अन्दाजी २० बर्षीय ती युवा भाडामा बस्दै आएका थिए । शनिबार राति २ बजेसम्म पब्जी खेलेर बसेका उनी सुत्ने बेलामा ट्वाइलेट जान कोठा बाहिर निस्केका थिए ।

घटनामा खटिएका कास्की प्रहरीका अनुसार आइतबार बिहान सोही घरको ट्वाइलेटमा झुन्डिएको अबस्थामा फेला परेकाे हो ।

‘के भएर घटना घट्यो प्रहरीले अनुसन्धान गर्दै छ । अहिले मृत शरीरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ,’ घटनाको अनुसन्धानमा खटिएका ती प्रहरीले भने ।

तपाईको प्रतिक्रिया