कास्की २ बाट चुनाव लड्ने शिरीष गुरुङको घोषणा

पोखरा । आगामी चुनावमा कास्की २ बाट शिरीष गुरुङले चुनाव लड्ने घोषणा गरेकी छन् । प्रतिनिधि सभा चुनावमा स्वत्नत्र उम्मेदवारी दिने उनले घोषणा गरेकी हुन् ।
गुरुङले जागौं पोखरा अभियानको नेतृत्व गर्दै केही समय अघि ५१ दिन लामो शान्तिपूर्ण धर्ना समेत बसेकी थिइन् । हाल शिक्षण पेशामा आबद्ध गुरुङले देशमा पार्टीवाद हाबी भएकाले यो भत्किनु जरुरी ठानेर उम्मेदवारी दिने घोषणा गरेको बताइन् ।
‘अभियन्ता बनेर अभियान चलाएर पनि परिवर्तन हुन सकेन । त्यसैले पनि मैले उम्मेदवारी दिने निर्णय गरेर आगामी चुनावमा कास्की २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि चुनाव लड्ने घोषणा गरेको छु,’ उनले भनिन् । अहिले लहडमा उम्मेदवारी दिने बाढी नै आएको छ । तर, आफूले लहडमा आएर चर्चा कमाउन उम्मेदवारी दिने घोषणा नगरेको उनले सुनाइन् ।
हाल न्यु ग्यालेक्सी र फिस्टेल हस्पिटालिटी म्यानेजमेन्टमा अध्यापन गराइरहेकी गुरुङ बिएलएलबी पढिरहेकी छिन् । कास्कीबाट आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो हुन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया