सिद्धबाबा मन्दिरमा पोखरा स्टकको वृक्षरोपण
समाधान संवाददाता
२०७९ साउन ९ गते ११:४६

पोखरा ।
पोखरा १७ महतगौंडामा रहेको सिद्धबाबा मन्दिर परिसरमा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा स्टकको आयोजनामा मन्दिर परिसरमा विभिन्न जातका फल र फूलका विरुवा रोपिएको हो ।
कार्यक्रममा रिजन चियर पर्सन कमल बस्नेतले वातावरण जोगाउनका लागि लायन्स क्लबले नेपालमा आग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । सदशिवजी सिद्धेश्वर हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले लायन्स क्लबले वातावरण संरक्षणसहित सामाजिक काम गर्दै आएको बताए । उनले अहिले लायन्स क्लबहरुले दुःखमा पनि लायन्स र सुखमा पनि लायन्स भन्ने अनुभूति दिलाइरहेको जनाए ।
क्लब अध्यक्ष वासुदेव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जगन्नाथ तिमिल्सिना, सिद्धेश्वर कृषि सहकारीका अध्यक्ष शंकरराज भण्डारी लगायतले बोलेका थिए ।
सम्बन्धित







कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया