मुस्ताङमा गाई काटेको आरोपमा १ पक्राउ
समाधान संवाददाता
२०७९ साउन ९ गते १२:३४

मुस्ताङ ।
मुस्ताङमा गाई काटेको अभियोगमा प्रहरीले १ जनालाई शनिबार बेलुका पक्राउ गरेको छ । बागलुङ बुर्तिवाङ घर भई १० वर्षदेखि मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जोमा ज्याला, मजदुरी गरी बस्ने वर्ष ३६ का मिमबहादुर विकलाई गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
थासाङको कुञ्जो गाउँ नजिकै चरन क्षेत्रको पाखोबाट प्रहरीले उनलाई गाई काट्दै गर्दा पक्राउ गरेको हो । गाई काटिरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई आएपछि खटिएको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीसहितको प्रहरी टोलीले विकलाई शनिबार बेलुकी ८ बजेतिर पक्राउ गरेको हो ।
नेपालको कानुनले गाई गोरु मार्ने कसुर गरेमा ३ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया