सराङकोटमा लालीगुराँस रोपियो

पोखरा ।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्था र सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको संयुक्त आयोजनामा सोमबार सराङकोटमा लालीगुराँसका बिरुवा सारिएको छ । कार्यक्रममा ८० बिरुवा रोपेको सहकारीका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको खाली जग्गाको सौन्दर्यकरणसँगै सहरी क्षेत्र वरपर लालुपाते र अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले सहयोग गर्ने बताए । सहकारीका अध्यक्ष थापाले सहकारीको संस्थागत सामाजिक उत्तरदायित्व तथा वातावरणमैत्री कार्यक्रम अन्तर्गत सराङकोटको शीर (टप) शिव मन्दिर, भ्युटावर वरिपरि लालीगुराँस रोपेको उल्लेख गरे । उनले राष्ट्रिय फूल लालीगुराँसको सरक्षण र विकासका लागि अभियान थाल्ने बताए ।
अभियन्ता ढाकाराम लामिछानेले पहिलो चरणमा ११ प्रजातिका लालीगुराँसका बिरुवा रोपेकोे जानकारी दिए । उनले अभियानलाई व्यापक बनाई नेपालमा पाइने ३२ प्रजातिका बिरुवा खाली जग्गामा रोप्ने सुनाए । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले सामुदायिक वन तथा खाली रहेका डाँडा पाखामा लालीगुराँस रोपेर संरक्षण गर्न सके सौन्दर्यकरणसँगै राष्ट्रिय फूलको महत्व बढ्ने जनाए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिना, सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसी, संस्थाका सल्लाहकारहरु कमलनयन गौतम, सोभियतबहादुर अधिकारी र ईन्द्रकमल मानन्धर, संस्थाका सचिव कमलप्रसाद सुवेदी, सहसचिव मायाकुमारी शर्मा लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया