बैकिङ कसुरमा फरार पोखराकी गुरुङ पक्राउ

समाधान संवाददाता २०७९ साउन १० गते १७:५०

पोखरा ।
पोखरा महानगरपालिका–१७ की ४२ वर्षीया निशा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनी बैकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई अदालतकाे फैसला लगत्तै फरार थिइन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीर्ले मंगलबार टोखाबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २३ लाख १४ हजार २५० रुपैयाँ जरिवानासहित पाँच दिनको कैद सजाय हुने ठहर गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया