सुइखेतमा ५ करोड लगानीमा रिसोर्ट खुल्यो

पोखरा ।
पोखरामा ताल छेउमा होटल, रेस्टुरेन्ट तथा रिसोर्ट धेरै छन् । पोखरा उपत्यकाबाहिर पोखरा २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । रिसोर्टमा राखिएको एटिभी बाइक राइड र स्विमिङ पुलसँगै रहेको प्राकृतिक मनोरम दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । खोलाको छेउमा हरियाली वातावरणमा रमाउन चाहनेलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक जितेशमान गुभाजुले बताए ।
१५ रोपनीमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुइखेत रिभर भ्यालीबाट बिहानीको सूर्याेदय र बेलुकाको सूर्यास्तको रमणीय दृश्य देखिन्छ । रिसोर्टमा आउने पर्यटकलाई सुइखेतमा मात्रै सीमित नबनाउने उद्देश्यले एटिभी बाइकको माध्यमबाट हेम्जाकोट हुँदै अस्तामसम्मको प्याकेज सञ्चालन गरिरहेको उनले बताए । अस्ताममा पुगेपछि त्यहाँबाट उत्तरमा रहेका हिम श्रृङखलासँगै हेमजा फाँट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिन्छ ।
छोटो दूरीमा एटिभी बाइक चलाउनेले सुईखेत रिभर भ्याली हुँदै फेदीसम्मको यात्राको अनुभव लिन सक्छन् । रिसोर्टमा बस्ने पाहुनाले हाइकिङ गरी कास्कीकोट दरबार, अस्तामसम्म जाने विकल्प पनि छ । रिसोर्टमा स्विमिङ पुलसमेत छ । जसका लागि पनि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । रिसोर्टमा हाल ६ रुम छन्, जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजको व्यवस्था गरिएको अप्रेसन म्यानेजर सागर गुरुङले बताए ।
यहाँका केही कटेजले मधेसको थारु बस्तीको झल्को दिने गरेको छ । बाल उद्यानसमेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेका लागि समेत रिसोर्ट उपयुक्त छ । साँझमा बार वे क्युसँगै स्विमिङको समेत व्यवस्था छ । यहाँ अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया