टेलिकमको एसइई प्याकेज

काठमाडौं ।
नेपाल टेलिकमले एसइई उत्तीर्ण विद्यार्थीलाई एसइई अफरसहितको सिम सित्तैमा उपलब्ध गराउने भएको छ । सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफर उपलब्ध गराउने व्यवस्था पनि गरिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ । सिम लिइसकेपछि स्टुडेन्ड रजिस्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट ८ज्ञटण्ण्३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्ममिति उल्लेख गर्नुपर्दछ ।
यो प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३ सय मिनेट टकटाइम र ३ सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकसमेत उपलब्ध गराइने छ । यस प्याकमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५ सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० एसएमएस पठाउन सकिने बोनस सुविधा उपलब्ध हुने छ ।
पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा यो प्याक उपयोग गर्नका लागि प्रयोग गरिरहेको मोबाइलबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिमको प्रक्रिया अबलम्बन गर्नुपर्ने छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यो बाहेक ४० मिनेट टक टाइम र २० एसएमएस सहितको सुविधा १ महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यो अफर ३ महिनासम्म उपलब्ध हुनेछ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया