पोखरामा शास्त्रीय संगीत महोत्सव हुने

पोखरा ।
पोखरामा साउन १७ र १८ गते शास्त्रीय संगीत महोत्सव हुने भएको छ । सनातन कला साहित्य कुञ्ज काठमाडौंको आयोजनामा पोखरामा कार्यक्रम हुने भएको हो । कार्यक्रममा वरिष्ठ सितार वादक प्राडा ध्रवेशचन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्णप्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुति काफ्ले, तबला वादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बासुरी वादक उमेश पण्डित, पखावज वादक मुकेश शाक्य, तबला वादक निमेश कपालीको प्रस्तुति रहनेसंस्थापक अध्यक्ष उत्तम रिमालले जानकारी दिए ।
पहिलो दिनको कार्यक्रम पोखरा सभागृहमा साँझ ५ बजे हुनेछ । दोस्रो दिन विन्ध्यावासिनाी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा कार्यक्रम आयोजना गरिनेछ । शास्त्रीय संगीतको उन्नयनका लागि कार्यक्रम आयोजना गर्दै आएको रिमालले बताए । रिमालले यसअघि काठमाडौंमा शास्त्रीय संगीतकै ३५ कार्यक्रम सम्पन्न गरिसकेका छन् । ‘शास्त्रीय संगीतको महत्व बुझाउने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको हो । हामी पहिले काठमाडौं केन्द्रितमात्रै कार्यक्रम गथ्र्यौं । अब प्रदेश स्तरमा नै उक्त कार्यक्रमको आयोजना गर्दै छौं । हाम्रो क्षेत्र विशाल हुँदै छ’, उनले भने ।
उनले सुरुवाती समय जस्तो शास्त्रीय संगीतको अवस्था अहिले नभएको बताए । शास्त्रीय संगीतको महत्व बुझ्नेको जमात बाक्लो हुँदै गएको तर्क उनको छ । पोखरा पनि संगीतको उर्भरभूमि भएकाले शास्त्रीय संगीत महोत्सव कार्यक्रमको आयोजना गरिएको जानकारी उनले गराए । ‘पोखरा संगीतको उर्भर भूमी हो । लोकसंगीत र पपसंगीतमा पोखराको विशेषता आफ्नै छ । तर शास्त्रीय संगीतमा केही समय जुर्मुराएको पोखरा अहिले सुस्ताए जस्तै भएको छ । पोखरामा शास्त्रीय संगीतको महत्व बुझ्ने दर्शकका लागि हामीले उक्त कार्यक्रमको आयोजना गरेका हौं’, उनले भने ।
कार्यक्रममा गायक तथा जोजिजू म्युजिक स्कुलका सञ्चालक विनित जोजिजूले शास्त्रीय संगीत व्यवसायिक हुनुपर्नेमा जोड दिए । पोखरामा शास्त्रीय संगीत महोत्सव जस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनले औंल्याए । तीनै तहका सरकारले समेत शास्त्रीय संगीतको महत्वलाई बुझी यसको व्यवसायिक प्रवद्र्धनमा सहयोग गरे पोखराले सांगीतिक रुपमा समेत फड्को मार्ने उनको भनाइ छ । तबला वादक श्यामलाल श्रेष्ठले पोखराको सांगीतिक उत्थानका लागि एकताको खाँचो औंल्याए ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया