अपांगता भएका व्यक्तिलाई महानगरले दियाे गाडी

पोखरा ।
पोखरा महानगरपालिकाले अपांगता भएका व्यक्तिको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले केन्द्रका अध्यक्ष हेम गुरुङलाई गाडी हस्तान्तरण गरेका हुन् ।
प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपांगता भएका व्यक्तिहरुको जीवन सरल बनाउन यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार हरेक नागरिकको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडीको सदुपयोगतामा जोड दिए ।
स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पूर्ण अपांगता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको गाडी पूर्ण उपयोग गरिने प्रतिवद्धता गरे । गाडीको पछाडि लिफ्ट जडान गरी अति र पूर्ण अपांगता भएका व्यक्तिको पहुँच विस्तार गरिनेछ । महानगरपालिकाले १८ सिट क्षमताको एउटा विङ्गर गाडी केन्द्रलाई हस्तान्तरण गरेको हो ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया