पोखरा इलेक्ट्रिकल एसोसिएसनद्वारा स्वास्थ्य कोष स्थापना, १३५ सदस्यको दुर्घटना बिमा
पोखरा ।
पोखरा इलेक्ट्रिकल एसोसिएसनले स्वास्थ्य कोषको स्थापना गरेको छ । एसोसिएसनले कोषको स्थापनाकै दिन १ सय ३५ सदस्यको बिमा समेत गरेको छ ।
पोखरा इलेक्ट्रिकल एसोसिएसन विद्युतीय सामग्रीको व्यावसायीको साझा संगठन हो । ०५६ सालमा स्थापित एसोसिएसनले आफ्ना सदस्यका समस्या साथै व्यावसायिक हकहितका पक्षमा आवाज उठाउँदै आएको छ ।
सामाजिक काममा पनि आफ्नो अग्रता कायम राख्दै आएको एसोसिएसनले सदस्यका अलावा अति न्यून आर्थिक अवस्था भएका बिरामीको उपचारमा पनि सहयोग पुर्याउने उद्देश्यले कोष खडा गरेको हो ।
उपचार गर्न कठिन भएकालाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कोषका महासचिव केशव ढकालले बताए । ‘प्रत्यक्ष रुपमा एसोसिएसनमा आबद्ध सदस्य तथा सामाजिक कार्य अन्तर्गत जो कोही अप्ठेरो अवस्थामा परेका बिरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेका हौं,’ उनले भने ।
कोष कार्यसमिति तथा सल्लाहकारबाट स्वतस्फूत २ लाख रुपैयाँ संकलन गरि सुरु गरिएको उनले जानकारी दिए । एसोसिएसनले १ सय ३५ सदस्यको जनही २ लाख रुपैयाँका दरले दुर्घटना बिमा समेत गरेको छ । एसोसिएसनका सदस्य दुर्घटना तथा भवितव्यमा परेमा कोषमा जम्मा भएको राशिले उपचार गरिने ढकालले बताए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया