४ जिपिए ल्याएर जिल्ला टप गरेकाको प्लस टु रोजाइ प्रतिभा

पोखरा ।
एसइई परिक्षामा ४ जिपिए प्राप्त गरेकी डिज्नील्याण्ड एकेडेमीकी ऋतिका पोखरेलको रोजाइमा प्रतिभा माध्यमीक विद्यालय परेको छ । प्लस टु अध्ययनको लागि उनको रोजाईमा प्रतिभा परेको हो । कास्की प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थी मध्य ४ जिपिए ल्याउने पोखरेल एक मात्र विद्यार्थी रहेको बताइएको छ ।
ऋतिकाका बुवा दीपक पोखरेलले २०५२ सालको एसएलसी परीक्षामा प्रतिभा मा.वि प्रथम भएका थिए । उनका दाई रिदेश पोखरेलले पनि प्लस टु प्रतिभामा अध्ययन गरि हाल सिए अध्ययनरत छन् ।
म्याग्दीको बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीका छात्र बब्लु शाहको रोजाइमा पनि प्रतिभा परेको छ । ३.९५ जिपिए ल्याएर उनले साविकको धौलागिरी अञ्चल प्रथम भएका छन् ।
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको रोजाईमा प्रतिमा मावि पर्दा आफूहरुले गौरव महसुस गरिरहेको अध्यक्ष नारायण पौडेलले बताए । ‘विद्यार्थीको उज्ज्वल भविष्यको लागि हामीले उत्कृष्ट शिक्षा प्रदान गर्न सफल छौं,’ उनले भने, ‘आगामी दिनमा पनि विद्यार्थी र अभिभावकलाई गौरव हुने गरी शिक्षण गर्नेछौं ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया