सित्तैमा ट्राफिकको मधुमेह जाँच

समाधान संवाददाता २०७९ साउन १५ गते १२:५१

पोखरा ।
युआरएल स्याङ्जाले जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत ट्राफिक प्रहरीको सित्तैमा मधुमेह जाँच गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मीनबहादुर क्षेत्रीसहित त्यहाँ कार्यरत सबै ट्राफिकको मधुमेह जाँच गरिएको युआरएल स्याङ्जाका ल्याब इन्चार्ज भूपेन्द्र रेग्मीले जानकारी दिए ।

युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक, चाउथे र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे । युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया