जनार्दन शर्मा फेरि अर्थमन्त्री नियुक्त

समाधान संवाददाता २०७९ साउन १५ गते १६:३४

पाेखरा ।

Advertisement

माओवादी सांसद जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।

अर्थमन्त्रालयमा बिचाैलियाकाे चलखेल गराएकाे आराेप लागेपछि राजीनामा दिएका शर्मालाई प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डकाे आग्रहमा फेरि अर्थमन्त्री बनाएका हुन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी  नियुक्ति एवं कार्यभार तोकेकी छन्।

Advertisement

आजै साढे ५ बजेका लागि सपथ ग्रहण समाराेह आयाेजना गरिएकाे छ ।

तपाईको प्रतिक्रिया