लमजुङमा १५ सयको निशुल्क आँखा जाँच

समाधान संवाददाता २०७९ साउन १६ गते १०:५०

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले लमजुङको राइनास नगरपालिका ५ तीनपिप्लेमा निशुल्क आँखा शिविर गरेको छ । जाल्पा सामुदायिक लघुवित्तको सहकार्य तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १ हजार ५ सय जनाको आँखा जाँच गरिएको सेवा केन्द्रका अध्यक्ष धर्मराज आचार्यले जानकारी दिए ।

शिविरमा लमजुङ पोखरा सम्पर्क समाजले व्यवस्थापकीय सहयोग गरेको छ । स्थानीय शिशु विद्याश्रम माध्यमिक विद्यालयमा भएको शिविरमा उपचार गराएका ५५ बिरामीको आँखाको शल्यक्रिया गर्नुपर्ने भएको छ । सबै बिरामीको उपचारको खर्च सामुदायिक सेवा केन्द्र र जाल्पा सामुदायिक लघु वित्तले व्यहोर्ने छन् । लमजुङ पोखरा सम्पर्क समाजले पनि व्यवस्थापनका पक्षमा सहजीकरण गरेको थियो ।

स्वास्थ्यको पहुँच नपुगेको राइनास र मध्य नेपाल नगरपालिकालाई लक्षित गरी भएको शिविरमा स्वास्थ्य परामर्श, आवश्यकता अनुसारको औषधी तथा चस्मा वितरण गरिएको थियो । स्वास्थ्यको सहज पहुँच नपुगेका ग्रमीण भेगमा रही आफ्नो स्वास्थ्य उपचारको विषयमा अनविज्ञ रहेका सर्वसाधारणलाई लक्षीत गरी गरिएको कार्यक्रममा लमजुङ जिल्ला राईनास नगरपालिका र मध्यविन्दु नगरपालिका लगायतका बासिन्दाले आखा चेकजाँच गरी स्वास्थ्य परामर्श, आवाश्यकता अनुसार औषधी र चश्मा पाएका छन् ।

Advertisement

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरी आँखा शिविर गरेकोमा आभार प्रकट गरिन् । उनले जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न प्रदेश सरकार दृढतापूर्वक लागेको बताइन् ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले समयसापेक्ष रुपमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरेको जानकारी दिए ।

कार्यक्रममा राईनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, पालिकाका वडा नम्बर ५ का अध्यक्ष शंखबहादुर सार्की, जाल्पा सामुदायिक लघुवित्तका म्यानेजर अशोककुमार आचार्य, शिशु विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक नानुमाया पराजुली, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशी, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थ शर्मा ढकाल लगायतले बोलेका थिए । केन्द्रले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षमा १ पटक दुर्गम क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया