पोखरा १३ कमलपोखरी आसपासका घर डुबानमा
समाधान संवाददाता
२०७९ साउन १६ गते ११:०१

पोखरा
कमलपोखरी आसपास पोखरा १३ को बस्ती जलमग्न भएको छ । आइतबारदेखिको अबिरल वर्षाले त्यो क्षेत्रमा पानी भरिएको हो । जलमग्न हुँदा १०० भन्दा बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् ।
काहुँखोलाबाट आएको पानीले उक्त क्षेत्र डुबान परेको हो । कमलपोखरीको सिमसार क्षेत्रमा केही वर्षयता निकै धेरै संख्या घरहरु निर्माण भएका छन् । सिमसारमा घर निर्माण हुँदा पानीको निकास रोकिएको छ । केही वर्षयता यो ठाउँ डुबानमा पर्न थालेको हो ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले जमेको पानी निकास काहुँखोला र दुई कुलाको मुहानतिर खोल्न लागेको जानकारी दिए । काहुँडाँडादेखि फूलबारीतिरबाट पनि आएको पानीले जलमग्न बनाएको उनले सुनाए ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया