महावीर पुन भन्छन्: गाउँपालिका प्रमुख उठ्नु पर्ला जस्तो छ

पोखरा ।
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । पुनले सामाजिक सञ्जाल फेसबुक स्ट्याटस मार्फत त्यस्तो जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘आगामी गा।पा चुनाबमा अन्नपूर्ण गाउँपालिका म्याग्दी बाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिदैंछ र केहि सिप नलागे उठिन्छ पनि।’
पुनलाई हालै गण्डकी प्रदेश सरकारले शुरुवात गरेको ‘गण्डकी रत्न’बाट सम्मान गरेको थियो । म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–८ नाङ्नीमा पिता कृष्ण पुन र माता पुरित पुनको कोखबाट ५ माघ २०११ मा जन्मिएका हुन् महावीर ।
उनले विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका छन् । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका पुन ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा लगायत क्षेत्रमा नयाँनयाँ कार्य गर्दै आएका छन् ।
उनले नवप्रतिभाहरुलाई उद्योमी बनाउनको लागि निशुल्क अध्ययन र अनुसन्धानको वातावरण मिलाउँदै आएका छन् । अमेरिकामा विज्ञान संकायमा स्नात्तकोतर गरेका पुन रोमन म्यागेसेसे पुरस्कारबाट सम्मानितसमेत भएका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया