लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल तय

पोखरा ।
पोखरा महानगरपालिका लेखा समितिको दोस्रो बैठक सोमबार भएको छ । बैठकले महालेखाले हालै सार्वजनीक गरेको प्रतिवेदन अध्ययन गरेर अर्को बैठकमा छलफल गर्ने निणय गरेको छ । अर्को बैठकमा महालेखाको प्रतिवेदन सबै सदस्यलाई उपलब्ध गराउने र त्यसबारे छलफल गर्ने निर्णय भएको समितिका संयोजक झपट रानाभाटले जानकारी दिए । बैठकमा लेखा समितिका सदस्य सचिव रोमनाथ उपाध्यायले समितिको काम, कर्तब्य र अधिकारबारे जानकारी गराएका थिए ।
बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए । ‘महानगरले गर्ने सबै काम कानुन अनुसार हुनुपर्छ । जसलाई जे जिम्मेवारी छ । त्यसले त्यही गर्नुपर्छ र जनताप्रति जवाफदेही बन्नुपर्छ,’ उनले भने । भारतीले लेखा समितिले महानगरभित्रले गर्ने आर्थिक र विकास निर्माणका लगायत यहाँको शुसानका बारेमा उठेका विषयमा छलफल, छानबिन लगायतका काम गन सक्ने बताए । प्रमुख प्रशासकीय अधिकृत भारतीले कानुन मिचेर कसैलाई माया गर्न नसकिने उल्लेख गर्दै थपे, ‘कानुनभित्र रहेर काम गर्नुपर्छ । सबै विधि र सिस्टममा चल्नुपर्छ ।’
बैठकमा लेखा समिति सदस्यहरु विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापाले लेखा समितिले आफनो अधिकारको प्रयोग गरी पोखरा महानगरमा सुशासन कायम गराउन कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए । उनीहरुले यहाँभित्र रहेका बेथििितका बारेमा अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने र गल्ती, कमजोरीलाई सच्याउनेतर्फ ध्यान केन्द्रीत हुने जनाए ।
पोखरा महानगरको गत असार २६ गते बसेको ११ औं नगरसभाले नगर सदस्य झपट रानाभाटको संयोजकत्वमा समिति गठन गरेको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया